१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

भारतीय दूतावासमा गाेली चल्याे, एक सुरक्षाकर्मीकाे मृत्यु

२० असार, काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा गाेली चलेकाे छ । भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १४:४७