१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

केन्द्रीय सदस्य खान माओवादी पुगेका नुवाकोटका माधव पाण्डे आयोगमै चित्त बुझाउन विवश

१९ असार, नुवाकोट । नेकपा एमाले छाडेर स्थानीय चुनाव अघि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नुवाकोटका माधव पाण्डे अन्तिममा आयोगमै चित्त बुझाउन विवश भएका छन । केन्द्रीय कमिटी विस्तार हुँदा केन्द्रीय कमिटीमा समेटिने शर्तमा माओवादी प्रवेश गरेका पाण्डेले आइतबार केन्द्रीय निर्वाचन आयोगको सदस्यमै चित्त बुझाउन विवश भएका छन ।

आइतबार केन्द्रीय निर्वाचन आयोगको सदस्यको सपथ खाएपछि केन्द्रीय सदस्य हितबहादुर तामाङसँग सेल्मी खिच्दै पाण्डे ।

माओवादीले सुरूमै बिधानले नमिलेको भन्दै पाण्डेलाइ आयोगको सदस्य बनाउने निर्णय गरेको थियो । पाण्डेले आइतबार सोही सदस्यको सपथ खाएका छन । उनले माओवादी प्रवेश गरेको समयमा दैनिकीसँग कुरा गर्दै आफू केन्द्रीय सदस्य हुने सर्तमा पार्टी प्रवेश गरेको बताएका थिए । माओवादीले अन्य पार्टीबाट आएका केही नेतालाइ भने केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : 21:44