केपी ओली भेटेपछि बामदेव गाैतमले गरे तत्कालीन नेकपाका ओली विरोधी नेताको भेला
१९ असार, काठमाडौँ । तत्कालीन नेकपाले नयाँ नाम दिन नसकेर विभिजित बनेपछि एकता अभियानका नाममा छुट्टै बसिरहेका बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै भेटवार्ता गरेपछि आइतबार तत्कालीन नेकपाको ओलीविरोधी नेताहरूको संयुक्त भेला गरेका छन ।
ललितपुरको एक व्यापारीको घरमा गौतमको अग्रसरतामा तत्कालीन नेकपामा सचिवालय सदस्यहरूको भेला भएको हो । गौतमले शुक्रबार एमाले अध्यक्ष ओलीसँग छुट्टै छलफल गरेका थिए । उनी आफ्नो अभियानलाइ पार्टीको रूपमा घोषणा गरेपछि छलफलमा जुटेका छन ।
सोहीक्रममा गौतमले आइतबार नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल र समान्नित नेता झलनाथ खनालको सहभागीतामा छलफल चलाएका हुन ।

प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाजल मार्फत उक्त भेलाको तस्बीर सार्वजनिक गरेकी छिन । उनले भेटेको स्थान खुलाएकी छैनन यद्यपी ललितपुरको हातिवनस्थित कुनै व्यक्तिको घरमा नेताहरू जम्मा भएका हुन ।
गंगाले उनीहरूको बीचमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको र नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको बताएकी छिन ।
प्रकाशित मिति : 20:10









