खत्याडकाे ४० विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक
१९ असार, मुगु । खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुगेकाे छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएकाे छ । खत्याड गाँउँपालिका-८ स्थित सर्वाेदय माध्यमिक विद्यलयमा कक्षा १० अध्ययनरत मनिषा गिरीका अनुसार पाठ्यपुस्तक नहुँदा पठनपाठन नियमित भएकाे छैन । यद्यपि, साथीहरूसँग पुराना पुस्तक मागेर पढ्ने गरेकाे उनले बताइन । खत्याड गाउँपालिकाकाे माथचाैरमा पुस्तक आए पनि त्यहाँ पुग्न एक दिनभर पैदल हिडेर जानुपर्ने बाध्यता छ ।
बाजुराकाे धुलाचाैरबाट पुस्तक मगाएर पढ्ने गरेकाे कक्षा-८ मा अध्ययनरत शिशिर सञ्जयालकाे भनाइ छ । सर्वाेदय माध्यमिक विद्यालय सुकाढिकाका प्रधानाध्यापक लाेकेन्द्रबहादुर कार्कीका अनुसार समयमै पाठ्यपुस्तक नपुग्दा अध्यापन गराउन समस्या भएकाे छ । यहाँ जेठ पहिलाे सातादेखि नयाँ शैक्षिक सत्र सुरू भएकाे हाे ।
गाउँपालिका र पाठ्यपुस्तक ढुवानी गर्न ठेकेदारकाे लापरबाहीका कारण खत्याड गाउँपालिकाले पुस्तक खरिद नगरेपछि ४० विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबाट बञ्चित भएका हुन्र । विद्यालयबाट तथ्यांकहरू ढिलाे आएकाे र साेही कारण पुस्तक खरिद ढिलाई भएकाे खत्याड गाउँपालिका प्राविधिक सहायक लाेकेन्द बुढाले बताए ।
प्रकाशित मिति : १९ असार २०७९, आईतवार १४:३२