नुवाकोट कांग्रेसका नेता उपेन्द्र ओझाको निधन
१९ असार, नुवाकोट । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा समेत रहेका नुवाकोट कांग्रेसका नेता उपेन्द्र ओझाको निधन भएको छ । नेपाली कांग्रेस नुवाकोटका अनुसार ओझाको शनिबार राति निधन भएको हो । ओझा लामो समयदेखि स्वस्थ्य समस्यामा रहेका थिए ।
ओझा नेपाली कांग्रेस विदुर नगर समितिका पूर्व अध्यक्ष समेत हुन । विदुर नगरपालिका वडा नम्बर ५ माझीटारका स्थायी बासिन्दा ओझालाई कतिपयले समाजसेवीको रूपमा पनि चिन्दथे । ओझाको शनिबार राति नै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
ओझा पछिल्लो समय काठमाडौँमै बसेर उपचार गराइरहेका थिए । वैशाख ३० को स्थानीय तहको निर्वाचनपछि काठमाडौँ महानगरका प्रमुख बलेन्द्र शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङलाई मुटुभरीको माया रहिरहन्छ भनेर मे २४ मा फेसबुक मार्फत प्रशंशा गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनको खासै गतिबिधि देखिएको थिएन ।
प्रकाशित मिति : July 3, 2022 at 7:40 am









