२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

घरमा आएका पाहुनालाई आफैँ चिया बाड्छन ओली !

१८ असार, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घरमा आउने पाहुनालाई आफैँ चिया बाड्छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । तर ओलीसँग संगत गरेका र भोगेकाहरूले समय हुँदा उनले घरमा आएका पहुँनालाई आफैँ चिया बाड्ने गरेका छन ।

शनिबार वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले ओलीले पहुनाका लागि चिया बाँड्न अघि बढेको तस्बीर सार्वजनिक गर्दै घरमा आएका पहुनालाई चिया पकाएर आफैँ खुवाउने कोही नेता भए जानकारी दिन अनुरोध गरेका छन ।

उनले लेखेका छन, ‘मन्त्री तहका नेता मध्ये डा नारायण खड्का अतिथिहरूलाई आफै चिया सर्भ गर्नुहुन्छ र, चियाका रित्ता कप उठाउने पनि गर्नुहुन्छ। आफूकहाँ आएका साधारण अतिथिलाई आफैले चिया पकाएर सर्भ गर्ने असाधारण नेता एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक अरू कोही भए जानकारी पाउन चाहन्छु !’

प्रकाशित मिति : July 2, 2022 at 8:22 pm