२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रचण्ड पुत्रको शालिक अनावरणमा स्कुले विद्यार्थीको दुरूपयोग, भीड देखाउन विद्यार्थीको प्रयोग


१८ असार, नुवाकोट । राज्य कोषको दुरूपयोग गरेर नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ को ककनी डाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दाहालको निर्माण गरिएको शालिक अनावरण कार्यक्रममा स्कुले विद्यार्थीको दुरूपयोग गरिएको पाइएको छ ।

शुक्रबार ककनीडाँडामा भएको कार्यक्रममा उपस्थितको संख्या धेरै देखाउन स्थानीय ककनी गणेश आधारभुत स्कुलका विद्यार्थी पोशाकमै लगिएको हो । शालिक अनवरण कार्यक्रम स्थलको तल र माथिको भागमा विद्यार्थी जम्मा गरिएको हो । प्रचण्डले पुत्र प्रकाशको शालिक अनावरण गरिसकेपछि केही विद्यार्थीसँग तस्बिर समेत खिचाएका थिए ।

गाउँपालिका नेतृत्वको उर्दीमा विद्यार्थी कार्यक्रमस्थलमा लगिएको एक स्थानीयले दैनिकीलाइ जानकारी दिए । ‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ नाम दिँदै प्रचण्डको चाकरीका लागि नेपाल पर्वतारोहण संघ ९एनएमए०का निवर्तमान कोषाध्यक्ष सुदर्शन न्यौपानेको डिजाइनमा शालिक निर्माण गरेको जनाइएको छ ।

स्वर्गीय पुत्रको शालिक अनावरण गर्न प्रचण्ड कान्छी बुहारी बिना मगरसहित शुकुबार बिहान ककनी पुगेका थिए । ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा प्रकाशको शालिक अनावरण गरेको भन्दै चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १०:२१