१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेट

१३ भदौ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।

 

सो अवसरमा नेपाल म्यान्मा सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।

प्रकाशित मिति : August 29, 2018 at 8:52 pm