१५ कार्तिक २०८१, बिहीबार | Fri Nov 1 2024

तास्मानिया ओएनएफको रक्तदान र निः शुल्क अभिभावक वनभोज सम्पन्न, तीजमा विशेष कार्यक्रम गर्दै (फाेटाेफिचर)

१५ असार, काठमाडाैं । प्रवासी नेपाली मञ्च तास्मानिया राज्य समितिले गठन भएको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ | यसै क्रममा अष्ट्रेलियाको राष्ट्रिय रक्तदान सप्ताहको सन्दर्भमा रक्तदान कार्यक्रम र नेपालबाट आउनुभएका अभिभावकहरुका लागि बनभोज भव्य रुपमा सम्पन्न गरेको छ ।

मञ्चका तास्मानिया उपाध्यक्ष केराज खनालका अनुसार पहिलो रक्तदान होवार्टमा सम्पन्न भएको छ । खनालका अनुसार नौ जनाले रक्तदान गरेका थिए । जसमध्ये केराज खनाल, गुरपेन्द्र गायन र पुष्पराज आचार्यले प्लाज्मा दान गरेका थिए । भने राज जोशी,नितेन गुरुङ,निश्चल डल्लाकोटी,स्वस्तिका थापा, स्वासत श्रेष्ठ र रमेश महाराज सिंहले रक्तदान गरेको थिए ।

साथै लनचेस्टनमा भने जुलाईको अन्तिम सातामा रक्तदान कार्यक्रम आयोजना गरिने भएकाले रक्तदान गर्न इच्छुकहरुले सम्पर्क गर्न मन्चले आग्रह गरेको छ । मञ्चले नेपाल र नेपाली समुदाय प्रति उत्तरदायी भएर विभिन्न कार्यक्रम गर्दै आएको र रक्तदान कार्यक्रम सम्पुर्ण तास्मानियाकै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको ओएनएफ तास्मानियाका अध्यक्ष मुगेन गौतमले बताए ।

यसैगरि मञ्चले नेपालबाट तास्मानिया भ्रमणमा आउनु भएका अभिभावकहरुका लागि गत शनिवार लंचेस्टनमा भव्य वनभोज सम्पन्न गरेको छ । गौतमले वनभोज कार्यक्रममा अभिभावकलाई खुसी बनाउन मिठामिठा परिकार, नाचगान व्यवस्था गरिएको र त्यसबाट अभिभावकहरुले भरपुर आनन्द लिएको प्रतिक्रिया दिएको बताए । उक्त कार्यक्रममा १२० जना अभिभावहरू सहित २०० जना सहभागि भएका थिए।

लंचेस्टनको ट्रेभलिन हाइटमा आयोजित वनभोजमा तास्मानियाका स्थानीय कालाकार तथा गायक हृदय दाहालको प्रस्तुतिले अभिभावहरुलाई भावुक बनाएको थियो। भने अभिभावकहरुले परदेशको भुमीमा जमघट हुने मौका दिएकोमा आयोजकहरुको प्रशंसा गरेका थिए । यसैगरि ओएनएफ तास्मेनियाले तिजको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार २०:२४