पर्यटनमन्त्री आलेले दिए राजीनामा
१२ असार, काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।
शनिबार बसेकाे पार्टीको पोलिटब्यूरो बैठकमा आलेले राजीनामा दिने घोषणा गरेका थिए । त्यसैबमोजिम उनले राजीनामा दिएका हुन् । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।
यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए । उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् । नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन् ।
प्रकाशित मिति : June 26, 2022 at 2:13 pm









