राष्ट्रिय सभाको बैठक बस्दै
१२ असार, काठमाडाैँ । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।
प्रकाशित मिति : June 26, 2022 at 10:14 am









