मन्त्री हटाउने विवादमा फुटको संघारमा पुगेको समाजवादीको केन्द्रीय कमिटी बस्दै
११ असार, काठमाडाैँ । मन्त्री हटाउने विवादमा फुटको संघारमा पुगेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
शुक्रबारको पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डाका विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल हुने प्रवक्ता खतिवडाले बताए । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परेका छन ।
प्रकाशित मिति : June 25, 2022 at 9:13 am







