२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

राष्ट्रिय सभाको आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयक प्रस्तुत हुँदै


१० असार, काठमाडाैँ । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०८:४१

https://srdb.com.np/