१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

कमला नदीमा दुई बालकको शव भेटियो

१२ भदौ,लहान । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । चार जनाको समूहमा कमला नदीको जल भर्ने क्रममा डुबेका एक बालकको स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए ।

प्रकाशित मिति : 11:57