३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

मध्यरातमा इन्धनकाे मूल्य बढ्यो, पेट्राेल प्रतिलिटर २१ र डिजेल-मट्टितेलमा २७ रुपैयाँकाे वृद्धि


५ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ गरेर पुर्याएको छ । डिजेल र मट्टितेल प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेर प्रतिलिटर १९२ रुपैयाँ पुर्याएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार २३:४३

https://srdb.com.np/