मट्टितेलको स्वादमा जम्माे ड्यु ! खाँदै हुनुहुन्छ भने विचार गर्नुस्
११ भदाै, खोटाङ । खोटाङमा मट्टिलेतको स्वादमा ड्यु भेटिएको छ । जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको एक पसलमा राखिएको ड्युमा मट्टीतेलको गन्ध पाईएको हो । पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी नष्ट गरिएको छ ।
साकेला गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताएका छन ।
ग्लासमा खन्याइएको ड्यु पिउने क्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुँघ्दा समेत मट्टीतेलको गन्ध आएको अध्यक्ष खड्काले बताए । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएपछि पसलमा रहेको पाँच कार्टुन ड्यु नष्ट गरिएको हो ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १८:०८