३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू प्राप्ति गर्ने, मर्जर सम्झाैतामा हस्ताक्षर


२ असार, काठमाडाैँ । बैंक अफ कठमाण्डू र ग्लोबल आइएमई बैंक मर्जरमा जाने भएक छन् । दुबै बैंकले बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौता गरेर यसको घोषणा गरेका छन ।

मर्जर पछि बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहने मर्जर सम्झाैतामा उल्लेछ छ । मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओमा रत्नराज बज्राचार्य हुनेछन् । ढकाल अहिले पनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् भने राष्ट्र बैंकबाट अवकास प्राप्त बज्राचार्य पनि ग्लोबल आइएमईकै सीईओको रुपमा कार्यरत छन् ।

यस अघि दुई ठूला वाणिज्य बैंकहरु मिलेर ग्लोबल आईएमई बैंक देशकै नम्वर वान बैंक बनेको थियो । मर्जर पछि यो बैंक देशकै ठूलो बैंक बन्नेछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १०:४७

https://srdb.com.np/