८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एसपीपी सम्झौता गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा नधकेल्न एमालेद्धारा सरकारकाे ध्यानाकर्षण

१ असार, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै पनि कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भन्दै परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने भन्दै यसबारेमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरे ।

उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गरे ।

प्रकाशित मिति : June 15, 2022 at 1:10 pm