२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

फोहर व्यवस्थापनमा अबरोध सिर्जना गर्ने कांग्रेस नेता ढुंगानासहित ११ जना पक्राउ


२४ जेठ, नुवाकोट । फोहर व्यवस्थापनमा अबरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थियो । प्रहरीले केहीबेरअघि श्रीरामसहितका ११ जना व्यक्तिलाइ नियन्त्रणमा लिएको स्थानीय हरिहर  ढुंगानाले जानकारी दिएका छन ।

यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिननै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गरेका थिए । उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए ।

उनले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए । ढुंगानाले केहीदिनअघि बञ्चरेडाँडामै गरेको भाषण तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १४:१२