१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

तस्बीरमा हेर्नुहाेस् बालेन साहको धन्यवाद र्‍याली

१३ जेठ, काठमाडौँ । काठमाडौंँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्याली निकालेका छन् । मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौँवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफमा बालेनले पनि हात हल्लाएका थिए । सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला, चावहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ । उनको र्यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ ।

प्रकाशित मिति : May 27, 2022 at 11:21 am