काठमाडौँ महानगरकाे मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
१२ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकाे मेयरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।
प्रकाशित मिति : May 26, 2022 at 10:36 pm









