१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

१० जेठ, काठमाडौँ । अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने भएका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेकाे हाे ।

नीति तथा कार्यक्रममा आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईने जनाइएकाे छ । विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै लामो समयदेखि आवाज उठाइरहेका छन् ।

प्रकाशित मिति : May 24, 2022 at 7:37 pm