१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

सलमानसँग माउन्टेन फ्लाइट गर्ने र सगरमाथा क्षेत्रमा ब्रेक्रफास्ट गर्ने प्रेम आलेको योजना तुहियो


१० जेठ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेको भारतीय अभिनेता सलनमान खानसँग माउन्टेन फ्लाइट गर्ने र सगरमाथा क्षेत्रमा ब्रेक्रफास्ट गर्ने प्रेम आलेको योजना तुहिएको छ । आयोजकले पर्याप्त चन्दा उठाउन नसकेको र टिकट बेच्न नसकेको भन्दै कार्यक्रम रद्द गरेपिछ आलेको योजना पनि तुहिएको हो ।

ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले खानसहितका कलाकार जम्मा गरेर १४ जेठ साँझ दशरथ रंगशाला ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रम आयोजना गरेको थियो तर लगानी नउठ्ने भएपछि उसले कार्यक्रम रद्द गरेको छ । यद्यपी आयोजकले उठाइसकेको पैसा फिर्ता दिन समस्या हुने भयले कार्यक्रम सारेको जानकारी दिएको छ ।

खान १२ जेठ साँझ काठमाडौं ओर्लने बित्तिकै १३ जेठमा पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट गर्ने र सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको थियो । त्यसपछि मन्त्री आलेले खानसँग भिडियो संवाद पनि गरेका थिए । आयोजकले सरकारसँग करोडौँ रूपैयाँ अफर गरे पनि सरकारले दिन अस्वीकार गरेको बुझिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १८:०१