५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विपन्‍न नागरिकलाई विधुत मिटर निःशुल्क जडान गरिने


१० जेठ, काठमाडौँ । विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।

विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:३०