५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिद्धबाबा सुरुङमार्गको निर्माण तथा रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने


१० जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ ।

केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो । त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।

सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ । पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ ।

तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:१९