५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने


१० जेठ, काठमाडौं । सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिइन् ।

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन् । काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:१४