९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कांग्रेस छाडेर दुई पटक एमाले प्रवेश गरेका यमबहादुरको हरिविजोग, एमालेकै मत घटाए


१० जेठ, नुवाकोट । ठ्याक्कै एक महिना १० दिन अघि पहिलो पटक नेकपा एमाले प्रवेश गरेका थिए यमबहादुर थापा । नेपाली कांग्रेसबाट पञ्चकन्या गाउँपालिकाको सभापतिमा पराजित भएपछि गाउँपालिकाको टिकट नपाउने निश्चित भएपछि थापाले एमाले प्रवेशको निर्णय लिएका थिए ।

सुरूमै टिकट ग्यारेन्टी गरेर एमाले प्रवेश गरेका उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको मत पनि जोगाउन सकेनन् । थप एक हजार मत बढाएर चुनाव जित्ने लक्ष्यसहित आएका उनले यसअघिको चुनावमा एमाले उम्मेदवारले प्राप्त गरेको भन्दा ८७९ मत कममात्र मत प्राप्त गरे । यस नतिजाले यमबहादुरको हरिविजोग भएको छ । उनले एमालेको मत बढाउने र जित्ने कसम खाएका थापाले उल्टै एमालेको मत हराइदिएका छन ।

२०७४ को चुनावमा एमालेबाट लेखप्रसाद बोहराले २०२६ मत प्राप्त गरेका थिए । तर यमबहादुरले जम्मा ११४७ मत मात्रै प्राप्त गर्न सक्यो । यमबहादुरले नेपाली कांग्रेसको मत चोर्ने त परैको कुरा एमालेको भएको जनमत पनि खुम्चाइदिए । थापा गत चैत २४ गते पहिलो पटक नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको काठमाडौँको बनस्थलीमा रहेको घरमै पुगेर पार्टी प्रवेश गरेका थिए ।

त्यसपछि उनी दोस्रो पटक एमाले नुवाकोटको बृहद् जनसभामा पुगेर वैशाख २ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र माला लगाएर एमाले प्रवेश गरेका थिए । लगत्तै उनले नेकपा एमालेबाट पञ्चकन्या गाउँपालिका अध्यक्षको टिकट प्राप्त गरेका थिए ।

पञ्कन्या गाउँकमिटीका इन्चार्ज समेत रहेका मैनालीका स्वकीय सचिव दीपक कार्की, गउँकमिटीका अध्यक्ष रामनाथ खनाल र सचिव शिवराम गौतम अध्यक्षको टिकटको दौडमा थिए  तर तीनै जानालाई पन्छाएर मैनालीले थापालाई टिकट दिए । परिणाम स्वरूप नेकपा एमालेले पञ्चकन्यामा मत बढाउने त परैको कुरा आफ्नै मत पनि जोगाउन सकेनन् । २०७४ सलामै नेपाली कांग्रेसका नेताहरू रामशरण महत, प्रकाशरण महत, रमेश महत र वैकुण्ठ मिश्रको वडामा जित निकालेको एमाले यसपटक एउटा वडा सदस्य पनि जित्ने र जिताउने हैसियतामा देखिएन ।

लज्जास्पद पराजियपछि अध्यक्षले दिए राजिनामा 

नेकपा एमाले नुवाकोटका नेता रामनाथ खनालले स्थानीय तहको निर्वाचनमा पार्टी जिताउन नसकेको भन्दै राजिनामा दिएका छन । एमाले पञ्चकन्या गाउँपालिका कमिटीमा अध्यक्ष समेत रहेका खनालले जिल्ला अध्यक्ष बद्री मैनालीलाई आफ्नो राजिनामा बुझाएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर २ मा जितेको एमाले यसपटक पञ्चकन्या गाउँपालिकामा शून्य बन्न पुगेको छ । त्यसको जिम्मेवारी लिँदै आफूले नैतिकताको आधारमा राजिनामा दिएको खनालले जानकारी दिए । उनले पराजयको कारणहरूका बारेमा पार्टीको कमिटीबाट बसेर समिक्षा गर्ने बताउँदै उनले नैतिक रूपमा गाउँकमिटीको अध्यक्षको जिम्मेवारी लिन नसक्ने भन्दै राजिनामा पेश गरेका छन ।

२०७४ को चुनावमा पञ्चकन्या २ मा वडा अध्यक्षमा विजयी भएका ध्रुव मिश्र सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरीमा विवादित बनेका थिए । उनको भूमिका शंकास्पद रहेको छानविन समितिले बताइसकेको थियो तर एमालेले २ नम्बरमा पुनः उनैलाई उम्मेदवार बनाएको थियो ।

एमालेले पञ्चकन्यामा नेकपा एमालेका पहिल्यैदेखि लागेका नेता कार्यकर्तालाई पाखा लगाएर केही साताअघिमात्र नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका यमबहादुर थापालाई अध्यक्षको टिकट दिएको थियो । पञ्चकन्या गाउँपालिका इन्चार्ज पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीका स्वकीय सचिव रहेका छन ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १३:२०