११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

ललितपुरको बागमती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

https://www.muktinathbank.com.np/online/loan-application

९ जेठ, ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्ताे निर्णय गरेका हुन् ।

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेकाे बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्ने समेत निर्णय भएको छ । सपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका थिए ।

प्रकाशित मिति : May 23, 2022 at 4:16 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/