प्रिन्सिपलबाट एक विद्यार्थी दुई वर्षसम्म बलात्कारमा परेको खुलासा, उजुरी किन हेरेन प्रहरीले ?
८ जेठ, काठमाडाैँ । याैन दूर्व्यवहारका पुराना घटना सार्वजनिक हुनेक्रम सुरू भएको छ । ब्यूटी प्याजेन्टका नाममा एक जना युवतीमाथि भएको बलात्कारको विषय बाहिर अाएर अारोपि पक्राउ परेपछि प्रदेश नम्बर १ मा त्यस्तै अर्को घटना सार्वजनिक भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक युवतीले १५ वर्षको उमेरमा इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले आफूलाई दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको जनाएकी छन्।उनले प्रिन्सिपलबाट पटक–पटक बलात्कृत भएको र प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाएको खुलासा गरेकी छन् ।
२१ वर्षीय ती युवतीले सात वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत नभएको भए पनि अहिले सौन्दर्य प्रतियोगितामा सहभागी भई पीडित बनेकी युवतीका लागि जम्मा भएको जनसमुदाय देखेर आफू आशा लिएर उभिएको उल्लेख गरेकी छन्। ‘रे जिना’ नामक फेसबुक अकाउन्टबाट उनले आफ्नो मुद्दा बाहिर आएको र बलात्कारीको पर्दाफास भएको बताएकी छन्।
प्रकाशित मिति : May 22, 2022 at 4:46 pm









