९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

इटहरीको उपमेयरमा पराजित भएपछि नेकपा एसका कार्यकर्ताले एमाले नेता कुटे


८ जेठ, काठमाडौँ । इटहरीको उपमेयरमा पराजित भएपछि नेकपा एसका कार्यकर्ताले एमाले नेता कुटेका छन । नेकपा एसबाट उपमेयरका प्रतिस्पर्धा गरेका केशवकुमार विष्टका छोरा कैलाश विष्टको नेतृत्वमा तीन जनाको समूहले नेकपा एमालेका नेता प्रदेश नम्बर १ कमिटीका  सदस्य हिमाल सुवेदीलाई कुटपिट गरेका हुन ।

आइतबार बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक छेउमा आक्रमण गरेका हुन । सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण सन्देश पठाएका थिए । सुवेदीको आँखामा गहिरो चोट लागेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार ११:१४