६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

खल्तीको नेतृत्व र टिकटले एमाले पराजित भएको भन्दै नेता लम्सालले पार्टीको जिम्मेवारी छाडे


८ जेठ, काठमाडाैँ । पार्टी हारको नैतिक जिम्मेवारी लिँदै एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । सामजिक सञ्जाल फेसबुकबाट लामो स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिक रुपमा पार्टीको कुनैपनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

यस्तो छ लम्सालको स्टाटस

“पार्टी भित्र नेताहरुबाट पटकपटक धोका अपमान छलकपट र गुटबन्दीले गर्दा अति नै चित्त दुखेर राजनीति प्रतिनै बितृष्णा लागेर भारी मन बनाई बसीरहेको अवस्थामा स्थानीय तहको निर्वाचन आयो नेतृत्वले बेवास्था गरेतापनि आफूले दुख गरेर निर्माण गरेको पार्टी एमाले भएको हुँदा यसको मायाले र स्थानीय तहका साथीहरुको अनुरोधमा स्थानीय निर्वाचनमा मज्जाले खुल्ला दिलका साथ प्रचार प्रसार अभियानमा सहभागी भैयो तर वडामा मात्र जितियो पालिकामा विजयी गराउन सकिएन अति नै दुख लागेको छ तर जे भएपनि समयमै निर्वाचन सम्पन्न भयो। निर्वाचनमा बिजयी हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ।

पार्टीमा अहिलेको परिणामको बस्तुनिष्ठ समिक्षा मूल्यांकन र आत्मा समिक्षा होला जस्तो लाग्दैन गठवन्धनको कारण देखाउन सकिन्छ धाँधली भएको भन्दै बक्तब्य आउन सक्छ अन्तरघात भयो भन्न सकिन्छ तर यी मात्र कारणले यो परिणाम आएको होइन मुख्य कारण हामी भित्र नै रहेको छ पार्टी नेतृत्व देखि तलसम्म नै घमण्ड दम्भ अहंकार अरूलाई देख्दै नदेख्ने सबै पार्टीलाई एउटै डालोमा राखेर व्यबहार गर्ने नेतृत्वको राजसी जीवनशैली तथा केही नेताहरुको तुच्छ एंव अपाच्य बोली व्यबहार पार्टी भित्र फरक बिचार सुन्नै नसक्ने पार्टीमा असल बैचारिक कार्यकर्ता निर्माण गर्नुभन्दा आफ्ना मुन्सीका झुण्डहरु बनाउने गल्ति कमजोरी स्वीकार गर्नै नसक्ने पार्टी संचालन र नेतृत्व निर्माणमा बिधान पद्दतिको उल्लंघन अधिवेशनमा कार्यकर्ताको जनवादी अधिकार नभैकन नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने टिकट बितरण कार्यबिधिमा नभई नेताको निकट र चाहनामा दिने पार्टी बिभाजन भएको छ फेरि नयाँ गुटबन्दी सुरु गर्ने लगायतका कारण चाही मुख्य कारण हुन।

मकवानपुर जिल्ला लामो समयदेखि एमालेको बर्चस्व कायम भएको ठाउँ हो अहिले आएर गर्लामगुर्लुम ढल्नुमा यो जिल्लामा पनि माथिका कारण सहित जिल्ला तहमा थप नैतिक जिम्मेवारी लिनुपर्ने बिषयहरु रहेका छन ति मुख्यगरी निम्न बमोजिम छन ।

१. बिगत २०४८ सालदेखी अहिले सम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकिय क्षेत्रमा निश्चित सिमित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्न सक्ने नयाँ लाई आउनै नदिने अवसरहरू हस्तान्तरण गर्नै परे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

२. हुर्मत लिएका सिपाहीले युद्ध जित्दैन भने झैं पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी बिधान पद्दति बिपरित प्रतिनिधिहरुको अधिकार लाई पूर्ण रूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भयो जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको छ मनोबल गिराईयो कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका मनोबल गिराईएको र गुटबन्दीमा बिभाजित गराईएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।

३. पार्टीको तर्फबाट उम्मेदवारी तय गर्न बनाइएको मापदण्ड र कार्यबिधी भन्दा केहि निस्चित नेताले गुटको आधारमा र अधिवेशनमा प्रभाव पार्न अग्रिम आश्वासन दिएका लाई प्राथमिकता दिई टिकट बितरण गरेको कारण कार्यकर्ताले उम्मेदवारीको अपनत्व गर्ने अवस्था नभएको देखियो ।

४. प्रदेश सरकारको मुख्य मन्त्री मन्त्री र जिल्ला प्रमुखहरुले मकवानपुर जिल्लामा धेरै बजेट बितरण गरेको भनिएको हुँदा बितरण गरेको बजेट पार्टीको समन्वयनमा भन्दा ब्यक्तिगत आधारमा भएकोले समुदायले महसूस नगरेकोले अपनत्व गरेन। त्यसै गरि पार्टीको जानकारीमा नभई ब्यक्तिगत आधारमा बिवादष्पद कमजोर कार्य क्षमता भएकालाई राजनैतिक नियुक्ति र राजकिय सेवामा राखेकोले कार्य सम्पादन कमी हुनुका साथै बिबादित भएको हुँदा कार्यकर्ता र जनतामा नकारात्मक असर पर्न गयो ।

५. तलका कमिटीगत सुझावलाई मनन् गरि कार्य गर्नु भन्दा पर्यटक नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै माथि बाट निर्देशन मात्र जारी गर्ने असन्तुष्ट कार्यकर्तालाई चित्त बुझाएर परिचालन नगरि वेवास्ता गरि खल्तीको गुमाउँदै भुईको टिप्ने कार्यशैली अपनाइयो।

माथिका यी घटनाहरू लाई आधार मानेर त्यस संग जोडिएका बर्तमान जिल्ला नेतृत्व र माथिल्लो नेतृत्वले जिम्मेवारी लिई पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ साथै पुर्व जिल्ला नेतृत्व र पुर्व केन्द्रीय सदस्यले पनि जिम्मेवारी लिनुपर्छ । हिजो गरेको कमीकमजोरी गुटबन्दी स्वीकार गर्दै अब जिल्लाको पार्टी काममा अनाबश्यक गुटगत हस्तक्षेप बन्द गर्नुपर्दछ।

पार्टी लाई पुर्नब्यबस्थीत गर्नका लागि मेरो सुझावसम्म हो स्वीकार गर्ने नगर्ने नैतिक जिम्मेवारी लिने नलिने नेतृत्वको जिम्मा लगाउदै म पनि जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवबर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउन नसकेकोले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनी जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।”

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १०:५८