६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

गठबन्धनलाई शर्मनाक हार चखाउँदै धनगढीको मेयरमा स्वतन्त्र र उममेयरमा एमाले विजयी


८ जेठ, धनगढी । सत्तारूढ पाँच दलीय गठबन्धनलाई शर्मनाक हार चखाउँदै कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए । उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार ०८:००