६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

काठमाडौँ महानगरमा बालेनलाई १७ हजार मतको अग्रता, केशव स्थापित तेस्रो


८ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार ०७:४८