१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी

७ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धन विजयी भएको छ भने उपमेयरमा नेकपा एमाले विजयी भएको छ। सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार रहेका नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी भए । एमालेका सागर थापा २१ हजार ४५५ मत ल्याउँदै पराजित भए ।

उपमेयरमा गठन्धनकालाई पराजित गर्दै एमाले विजयी भएको छ। जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवलाई पराजित गर्दै उपमेयरमा एमालेकी शिल्पा कार्की भारी मतसहित विजयी भइनले उनले प्रतिस्पर्धीको भन्दा दोब्बर मत प्राप्त गरिन । कार्कीले २५ हजार ६८० मत पाउँदा गठबन्धनबाट जसपाका यादवले १४ हजार २१९ मत मात्रै ल्याएका छन्।

प्रकाशित मिति : May 21, 2022 at 10:45 am