७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ललितपुरको महालक्ष्मी नगरपालिकाकाे मेयरमा नेकपा एमालेका श्रेष्ठ विजयी


७ जेठ, काठमाडाैँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन। मेयरमा माओवादी केन्द्रका शिब प्रसाद कट्टेललाई भारी मतान्तरमा पराजित गर्दै एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भए ।

मेयरमा श्रेष्ठले ९ हजार ३५० मतसहित ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी  लक्ष्मी महर्जन एमालेकी उम्मेदवार विणा सुवेदीलाई पराजित गर्दै विजयी भइन । महर्जन ९ हजार ५९१ मत ल्याउँदा सुवेदीले ८ हजार ६८३ प्राप्त गरिन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १०:३६