७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

महत दाजुभाइले न आफ्नो पालिका जिताउन सके न हराएको बृद्ध भत्ता खोज्न


६ जेठ, नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेताहरू आफ्नै पालिकामा पार्टी जिताउन असफल भएका छन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महत, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत र कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले आफ्नै पालिकामा पार्टी जिताउन असफल भएका छन । जिल्लामा समग्रमा नेपाली कांग्रेसको नतिजा ठीकै देखिए पनि प्रमुख र उपप्रमुखको नतिजाको हिसाबमा माओवादी केन्द्र अघि देखिएको छ ।

महत त्रय र मिश्रको गृह पालिका पञ्चकन्या गाउँपालिकामा यसअघि उपप्रमुख मात्र जितेको नेपाली कांग्रेसले यसपटक त्यो पनि गुमाएको छ । मेरो वडा म जिताउँछु भन्ने नाराको नेतृत्व गरेका पार्टीका नेताहरूले आफ्नै पालिकामा पार्टी जिताउन असफल भएका हुन । जिल्लाको तीन वटा पालिकामा मात्र गठबन्धन गरेको कांग्रेसले अन्य पालिकामा सिंगल नै लडेको थियो । पञ्चकन्या गाउँपालिकामा पनि कांग्रेस एकलै लडेको थियो तर नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङको चुनावी रणनीतिका अघि उनीहरू निरीह सावित भएका छन ।

माओवादी एक्लै जिल्ला समन्वय समिति बनाउने हैसियतमा पुगेको छ । कांग्रेसले पञ्चकन्यामा यसअघि नै पराजित भएकाे थियाे । कांग्रेसले  माधव खनाललाइ उम्मेदवार बनाएको थियो । आफ्नै वडाबाट हराएको नाटक गरि जनप्रतिनिधि समेतको मिलेमतोमा गायब पारिएको सामाजिक सुरक्षा भत्ताको ५३ लाखका बारेमा चुँ पनि नबोलेका नेताहरूले चुनावी भाषणको बेलामा अब त्यसरी पैसा नहराउने बताएका थिए । यद्यपी जनाले पुन पञ्चकन्यामा कांग्रेसलाइ नेतृत्व गर्ने अवसरबाट बञ्जित गरिदिएका छन । बृत्ताभत्ता चोरी भएको भनिएकै वडामा भने एमालेलाइ पराजित गरेर नेपाली कांग्रेस विजयी भएको छ । तर नेताहरूले पालिका भने जिताउन सकेननन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार २१:४१