६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

तस्बीरमा हेर्नुहोस्, चितवनमा हुरीले पुर्याएको क्षति


६ जेठ, चितवन। चितवनमा हावाहुरीले तीन जनाको ज्यान गएको छ । ठूलो हुरीका कारण नारायणी नदीको पुलमा एउटा ठूलो गाडी नै पल्टिएको छ । हुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको जानकारी दिए । तस्बीरहरूः सामाजिक सञ्जाल

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार २१:२३