चितवनमा हवाहुरीबाट तीन जनाको मृत्यु, हुरीले नारायणी पुलमा गाडी नै पल्टायो
६ जेठ, चितवन। चितवनमा हावाहुरीले तीन जनाको ज्यान गएको छ । ठूलो हुरीका कारण नारायणी नदीको पुलमा एउटा ठूलो गाडी नै पल्टिएको छ । हुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।
राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको जानकारी दिए ।

प्रकाशित मिति : May 20, 2022 at 9:20 pm









