१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

२५ वर्षअघि गाविस अध्यक्ष भएका नेता अहिले वडा अध्यक्षमै पराजित

६ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा २५ वर्षअघि नै शानदार रूपमा गाउँविकास समितिको अध्यक्षमा विजयी भएका नेताहरू अहिले वडा अध्यक्षमै पराजित भएका छन । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका नेता इन्द्र लामा र बेलकोटगढीन नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका नेता वासुदेव कडुवाल वडा अध्यक्षमा पराजित भएका हुन ।

बेलकोटगढी ६ को नतिजा ।

कांग्रेस नेता लामालाई नेकपा एमालेकी नेतृ अम्बिका तमाङले पराजित गरिन । लामा वडा अध्यक्ष मध्येमा तेस्रो नम्बरमा रहेका छन । त्यस्तै कडुवालाई कांग्रेसका प्रल्हाद थपलियाले पराजित गरे । लामा २०५४ सालमा तत्कालीन दुइपिपल गाविसको अध्यक्षमा विजयी भएका थिए भने कडुवाल तत्कालीन बेलकोट गाविसको अध्यक्षमा विजयी भएका थिए । अहिले दुबै जना वडा अध्यक्षमा पराजित भएका छन ।

बेलकोटगढी १०को नतिजा ।

 

प्रकाशित मिति : May 20, 2022 at 8:45 pm