७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

विदुरमा एमालेको गढ भत्काउँदै कांग्रेस र माओवादी विजयी, ठूला नेताले वडा नै जिताउन सकेनन्


६ जेठ, नुवाकोट । नुवाकोटको विदुरमा नेकपा एमालेको गढ भत्काउँदै कांग्रेस र माओवादी गठबन्धन विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा विदुरको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता राजनलाल श्रेष्ठ र उपप्रमुखमा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ प्रभा बोगटी विजयी भएका छन । प्रमुखमा तीन हजार भन्दा बढी र उपप्रमुखमा एक हजार भन्दा बढीको मतान्तर रहेको छ ।

विदुरको १३ मध्ये पाँच वडामा एमाले, पाँच वडामा कांग्रेस र ३ वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर १ मा लेनिन रन्जित नेकपा एमाले, वडा नम्बर २ मा दिपक कायस्थ नेकपा एमाले, वडा नम्बर ३मा बद्री रिमाल नेपाली काङ्रेस, वडा नम्बर ४ मा निलमबाबु ढुङेल नेकपा एमाले, वडा नम्बर ५ मा लिलानाथ न्यौपाने नेकपा माओवादी केन्द्र विजयी भएका छन ।

यस्तै विदुर ६ मा श्याम कृष्ण चालिसे नेकपा एमाले, वडा नम्बर ७ मा रबिन्द्र नेपाल नेपाली काङ्रेस, वडा नम्बर ८ मा कमल श्रेष्ठ नेपाली काङ्रेस, वडा नम्बर ९ मा हरेराम भन्डारी  नेकपा माओवादी केन्द्र, वडा नम्बर १०मा गणेश नेपाल नेपाली काङ्रेस, वडा नम्बर ११मा बाबुराम लामा नेकपा एमाले, वडा नम्बर १२ मा उपिन्द्र खडका नेकपा माओवादी केन्द्र र वडा नम्बर १३ मा भरत तामाङ नेपाली काङ्रेस विजयी भएका छन ।

नेपाली कांग्रेसले विदुरको जितलाई प्रतिष्ठाको विषय बनाएको थियो । एमाले कै केही ठूलो नेताहरू टिकट वितरणमा असन्तुष्ट बनेको फाइदा उठाउँदै गठबन्धनले विदुरमा नयाँ इतिहास बनाएको छ । यसअघि २०४९, २०५४ र २०७४ सालमा विदुर नगरपालिकाम नेकपा एमाले विजयी भएको थियो ।

एमालेका तर्फबाट दुई पटक मेयर भएका ठाकुर गजुरेल र एमालेका तर्फबाट एक पटक मेयर भएर अहिले प्रतिस्पर्धामा पराजित भएका सञ्जु पण्डितले आफ्नै वडामा नेकपा एमालेको विजय गराउन सकेनन् । नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमालको गृह वडामा पनि एमाले फराकिलो मतान्तरमा पराजित हुन पुग्यो ।

२०७४ कै चुनावमा वडा नम्बर १० मा एमालेको उम्मेदवार हराएको आरोप लागेका नेकपा एमालेको केन्द्रीय स्कुल विभागका सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेलको गृह वडामा पनि एमाले पराजित हुन पुगेको छ । एमालेको वर्तमान उपाध्यक्ष बुद्धि प्रधान, विदुर नगरपालिका कमिटीका इन्चार्ज सञ्जिव श्रेष्ठ र नगरकमिटीका अध्यक्ष नविन प्रधानकै वडामा एमालेले वडा जिते पनि मेयर र उपमेयर जिताउन सकेनन्  ।

वडा नम्बर ३ मा एमालेकै केही नेताहरूले नतासम्बन्ध र विगतको सहयोग आदनप्रदानको विषय देखाएर चार सदस्य जिताएर वडा अध्यक्ष हराइइिदएका छन । विदुर नगरको उपमेयरकी प्रत्यासी अम्बिका पौडेल नेपाल र विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठ लगायतको गृह वडा वडा नम्बर २ मा पनि एमालेका र मेयर र उपमेयरले जित्न सकेनन् ।

वडाअध्यक्षसहित प्यानल नै विजयी भए पनि त्यहाँका एमालेकै कार्यकर्ताले पनि कांग्रेसलाई मत क्रस गरेको मतगणनामा सहभागीले बताएका छन । सबैभन्दा बढी मत वडा नम्बर ५ बाट क्रस भएको छ । मतदानको दुई दिन अगावै त्यहाँको मत विक्री भएको खबरहरू चिया पसलमा फैलिएको थियो । नेकपा एमालेकै केही नेताहरूले भोट बिक्री गरेका कारण शर्मनाक हार व्यहोर्नुपरेको बताएका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार २०:१४