७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

राससमा जिम्मेवारी हेरफेरः प्रशासन प्रमुखमा महतो, रिपोर्टिङमा सिलवाल


६ जेठ, काठमाडौँ । नेपालको एकमात्र सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा केही विभागको जिम्मेवारी हेरफेर भएको छ । राजनीतिक छायाँले आक्रान्त बनेको रासस र कांग्रेस र माओवादीको कार्यकर्ता भर्तीले जागिरे अड्डामा परिणत भएको छ । योग्य र सक्षमहरू हुनुपर्ने राससमा दाइ जय नेपाल र कमरेड लालसलाम गर्नेहरूको भीड नै छ ।

अधिंकाशले राससमा जागिर खाने र बाहिर काम गर्ने गर्छन । उनीहरूको प्राथमिकतामा कहिल्यै रासस पर्दैन । त्यसकारण राससमा ग्राहकले ताजा समाचार नै पाउँदैनन् । पछिल्लो समय राससका नयाँ ग्राहक थपिने भन्दा पनि नविकरण नगर्ने बढेका छन । सत्तारूढ बाहेकका दलप्रति पूर्वाग्रह राख्नेहरूको हालिमुहाली राससमा हुने गरेको छ ।

राससको सुस्त गतिको चर्चाकै बीचमा केही विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ । राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले प्रशासन प्रमुखबाट उत्तम सिलवाललाई हटाएर शितल महतोलाई जिम्मेवारी दिएका छन ।

सिलवाललाई रिपोर्टिङ प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै आलेख प्रमुखमा कृष्ण अधिकारी र अन्तर्राष्ट्रिय प्रमुखमा शरदचन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको छ । तीनअघि नै जिम्मेवारी परिवर्तन भएको भए पनि राससका हाकिमहरूले शुक्रबार मात्रै पदबहाली गरेका छन । पछिल्लो समय सत्ताको चाकरी गर्ने विषयमा प्रतिस्पर्धा हुँदा राससमा आन्तरिक विवाद बढेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १९:३७