६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

खसेको भन्दा १०७ मत बढी भेटिएपछि रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप


६ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो। खसेको भन्दा बढी मत भेटिएपछि मोरङको रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । सो क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

मतगणनास्थलको सुरक्षार्थ खटाइएका प्रहरी उपर दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको मोरङ प्रहरी प्रमुख शान्तिराम कोइरालाले जानकारी दिए । रंगेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि दलका कार्यकर्ताले विरोध गरिरहेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १७:५२