११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ

https://www.muktinathbank.com.np/online/loan-application

६ जेठ, जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् ।

पालिकाका प्रमुखले उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने स‌ंवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : May 20, 2022 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/