६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

भरतपुर महानगर अपडेट : रेणुलाई ३ हजार बढी मतकाे अग्रता, पछ्याउँदै सुवेदी


६ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् ।

शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १६:०५