६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

माधव नेपालकै वडामा नेकपा एकीकृत समाजवादी साेत्तर, एमालेका पराजुली विजयी


६ जेठ, काठमाडाैँ । माधवकुमार नेपालकै वडामा उनले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी सोत्तर हुन पुगेको छ । शुक्रबार सकिएको मतगणनामा उक्त वडामा गठबन्धनलाइ भारी मतान्तरमा पराजित गर्दै एमालेका नवराज पराजुली विजयी भएका छन । उक्त वडामा कांग्रेस र माअोवादी लगायतका अन्य चार दलले पनि समाजवादीको उम्मेदवारलाइ मत दिएका थिए तर एमालेले साेत्तर पारेको छ ।

काठमाडाैँ महानगरको वडा नम्बर ३२ मा एमालेको प्यानल नै विजयी भएको छ । परिणामअनुसार पराजुली ५ हजार २ सय २५ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । पराजुलीले नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेललाई पराजित गरे । उनले ३ हजार १०८ मत पाइन् ।  पराजुली ०७४ को निर्वाचनमा पनि उनी नेकपा एमालेबाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए । महिला सदस्यमा हिरादेवी पोखरेल ५४ सय ८९ मत, दलित महिला सदस्यमा सिता विशुंखे ५२ सय ३५ मत तथा सदस्यमा भगवान बुढाथोकी ४४ सय ७१ र हरिबहादुर बस्नेत ४३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १४:५०