१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

उजुरीको हदम्यादका कारण बलात्कारिले उन्मुक्ती नपाउन : प्रदिप पौडेल

६ जेठ, काठमाडाैँ । कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था आउनुनहुनेमा जोड दिएका हुन् । ।

उनले बलात्कार जस्ता अपराधमा उजुरिका लागी समयसिमाको हदम्याद तोकिनुनहुने उल्लेख गरेका छन् । पौडेलले ट्विटरमा लेखेका छन्, “मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ।बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था छ।यस्ता अपराधमा समयसिमाको हदम्याद तोकिनुहुन्न।”

केहि दिन अघी मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट गघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरे पछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्थाको चर्को बिरोध भैरहेको छ ।

प्रकाशित मिति : May 20, 2022 at 2:36 pm