१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

धुलीखेलमा गठबन्धनलाई धुलो चटाउँदै नेकपा एमाले विजयी

६ जेठ, काठमाडाैँ । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनको लज्जास्पद हार भएको छ। धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ सबै भन्दा कम मत सहित तेश्रो नम्बरमा पुगेर हार बेहोर्नुपरेको छ ।

धुलिखेल नगरपालिकामा एमालेका अशोककुमार ब्याञ्जु मेयरमा बिजयी भएका छन्। यद्दपी घोषणा गरीएको छैन। अहिले मतगणना जारी छ तर गणना गर्न बाकीं मत भन्दा ब्याञ्जुको अग्रता बढी देखिएकोले उनी स्वतः बिजयी भएका छन्। ब्याञ्जुले अहिले ७५८६ मतका साथ अग्रता कायम गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उमेद्वार विदुरबहादुर बस्नेत ६७३० मतका साथ पछ्याइरहेका छन्।

अहिले अन्तिम वडा १२ को मतगणना भैरहेको छ। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले जम्मा १७११ मत प्राप्त गरी प्रतिपर्धाबाटै बाहिरिएका छन् । ब्याञ्जु धुलिखेलका निवर्तमान मेयर समेत हुन्। उनलाई पछ्यईरहेका बस्नेत नेपाली कांग्रेस धुलिखेलका नगर सभापति थिए । गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : May 20, 2022 at 1:23 pm