६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नुवाकोटको बेलकोटगढी ६ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा अम्बिका तामाङको शान्दार जित


६ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम नतिजामा नेकपा एमालेको उम्मेदवार अम्बिका तामाङको प्यानल नै विजयी भएको नेकपा एमाले नुवाकोटका सदस्य विष्णु दाहालले जानकारी दिए ।

दाहाल अनुसार अम्बिक ६१५ मतसहित विजयी भएकी छिन । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कमलराज सुवेदीले ५४६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका इन्द्र लामाले ५२८ मत प्राप्त गरेका छन । सदस्यहरूमा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

सदस्यहरूमा जीवराज खतिवडा, नगेन्द्रसाद दाहाल, राधाकुमारी पौडेल र माइली दमिनी विजयी भएका छन । वडा अध्यक्षमा विजयी अम्मबिका यसअघि पनि उक्त वडाको अध्यक्ष थिइन । सामान्य परिवारको सदस्य अम्बिका दोस्रो पटक पनि वडा अध्यक्षमा शानदार जित हाँसिल गर्दै नयाँ इतिहास बनाएकी छिन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:५६