३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

छोरी जन्मिए नगरपालिकाले नै बैंक खाता खोलिदिने, यसरी सुध्रिदै छ समाज

८ भदाै, काठमाडाैँ । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले छोरी जन्मिए बैंक खाता खोलिदन सुरू गरेको छ । जन्मदर्ता भएको सातदिनभित्रै उक्त बालिकाको नाममा बैंक खाता खोलिदिन सुरू गरेको हो । सुर्खेत विरेन्द्रनगर-६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मागरिदिए ।

नगरपालिकाले खाता खोलिदिएपछि छोरीका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ । प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक बर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ ।,

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०७:३५