११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

स्‍थानिय निर्वाचन र मतदान केन्‍द्रकालागी आजदेखी विद्यालयहरु बन्‍द

२८ बैशाख । मतदानको दिन ३० गते मात्र विदा दिने सरकारको निर्णय भएपनी धेरै सामुदायिक विद्यालयहरुमा मतदान केन्‍दै राखिएको भएकोले र धेरै जसो शिक्षकहरु पनि निर्वाचनमा खट्‍नु पर्ने भएकोले स्‍थानिय जिल्‍ला जानु पर्ने भएकोले निर्वाचनकैलागी भनी आज बाट विद्यालयहरु बन्‍द गरिएको हो।

मानव स्रोत विकास केन्‍द्रद्वरा ७७ ओटा नै मतदान केन्‍द्र कायम भएका विद्यालयहरु २८ गतेदेखी नै बिदा दिने निर्देशन दिएकि थियो। संयोगवस वैशाख ३१ गते पनि शनिबार रेको र सारकारले जेठ १ गतेदेखी आइतबारको दिन पनि सार्वजनिक विदा को निर्णय भएको हुनाले आइतबार पनि बिदा हुने बताइएको हो ।

यसैगरी जेठको २ गते पनि बुद्ध जयन्‍ती परेकोले र सो दिन सार्वजनिक विदा हुने छ। यसर्थ आज २८ गते देखी जेठ दुई गते ६ दिन सम्‍म विद्यालयहर विदा हुने भएपनि कतिपय प्राइभेट विद्यालयहरुले नलाईन मार्फत कक्षा संचालन गर्ने भएको छ।

प्रकाशित मिति : May 11, 2022 at 11:37 am